काठमाडौं । नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटका दुवै खेल बहराइनमै हुने पक्का भएको छ । होम एण्ड अवेका आधारमा छनोट खेल हुने भए पनि दशरथ रंगशाला खेलाउन लायक नभएपछि दुवै खेल बहराइनमा हुन लागेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुवै खेल बहराइनमा हुने आफ्नो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको छ । पूर्वनिर्धारित खेलअनुसार नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रंगशालामा चैत ८ गते र दोस्रो लेग चैत १३ गते हुनुपर्ने थियो । सोही मितिमा अब दुवै खेल बहराइन नेसनल स्टेडियममा हुने एन्फाले जनाएको छ ।
यसै महिना एसियाली फुटबल महासंघका प्रतिनिधिले दशरथ रंगशालाको निरीक्षण गरेपछि त्यहाँ खेल हुन नसक्ने प्रतिवेदन बुझाएका थिए । बहराइन जानुअघि नेपाली टोलीले मलेसियामा अन्तिम तयारी गर्ने भएको छ । त्यसका लागि एन्फाले मंगलबार टोलीको बिदाइसमेत गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts