रियल म्याड्रिडको सानदार जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र अर्दा गुलेरले एक एक गोल गरेका थिए भने सेल्टा भिगोका भिसेन्ट गुइटा र कार्लोस डोमिंगगुएजले एक एक गोल आत्मघाती गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको २८ खेलमा ६९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । रियल म्याड्रिड दोस्रो स्थानमा रहेको जिरोना भन्दा ७ अंकले अगाडी रहेको छ ।

ADVERTISEMENT

त्यसैगरी सेल्टा भिगोको २८ खेलमा २४ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *