काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शनिबार लिभरपुल र टोटेनहम विजयी भएका छन् । शनिबार साँझ भएको खेलमा लिभरपुलले नोटिंघम फरेस्टलाई र टोटेनहमले क्रिस्टल प्यालेसलाई पराजित गरेका हुन् ।
लिभरपुलले फरेस्ट विरुद्ध १–० को नाटकीय जित निकाल्यो। उसका लागि इन्ज्युरी समयको नवौं मिनेटमा डार्विन नुनेजले गोल गरे । जित सँगै लिभरपुलले शीर्ष स्थानमा अंक दूरी बढाएको छ ।
२७ खेलमा ६३ अंक रहेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको २६ खेलमा ५९ अंक रहेको छ ।
यस्तै क्रिस्टल प्यालेस विरुद्ध टोटेनहमले ३–१ को जित निकाल्यो । १–० ले पछि परेको अवस्थामा टोटेनहमले १२ मिनेटको अन्तरालमा तीन गोल गर्दै जित पक्का गरेको हो ।
टोटेनहमका लागि टिमो वेर्नर, क्रिस्टियन रोमेरो र सन ह्युङमिनले गोल गरे । भने क्रिस्टल प्यालेसका लागि एबेरिचे एजेले एक गोल गरेका थिए ।
जितसँगै टोटेनहम २६ खेलमा ५० अंक सहित पाँचौं स्थानमा यथावत छ । प्यालेस भने २७ खेलमा २८ अंक सहित १४औं स्थानमा छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts