विश्वकप लिग–२ : नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ ।

टियु मैदानमा हुने यो खेल बिहान ९:३० बजेदेखि शुरु हुदै छ ।नेपालले यस सिरिजको पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ भने नेदरल्याण्डसले आफ्नो अफिलो खेल खेल्दै छ ।

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म केवल तीन एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले २ तथा नेपालले एक खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेको टिम खेलाएको छ ।

ADVERTISEMENT

लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

खेल तालिका
फागुन ७ गते सोमबार -नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन ९ गते बुधबार- नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबार- नेपालविरुद्ध नेदरल्यान्ड्स

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *