भोजपुर । नेपाली कांग्रेसले महासमिति बैठकको तयारी गरि रहदाँ भोजपुरले पनि ११ जना महासमिति सदस्य चयन गरेको छ ।
भोजपुर कांग्रेसले निर्विरोधरुपमा ११ जना महासमिति सदस्यहरुको चयन गरिएको जनाएको छ । कांग्रेसले पार्टी सभापति विनोद बान्तवासहित कैलाश कुमार आले, उमेशजंग रायामाझी, बीरवल राई, धर्मराज राई, हेमन्त मुकारुङ (जनजाति समावेशी), उत्तम कुमार चापागाई (खस आर्य समावेशी), रोहित कुमार विश्वकर्मा (दलित समावेश), महेश राई (जनजाति समावेशी) लाई चयन गरेको छ ।
यस्तै महिला सदस्यमा माया राई र शिशिरा राईलाई छनौट गरिएको नेपाली कांग्रेस भोजपुरले जनाएको छ ।






