काठमाडौं । आइसीसी लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियाविरूद्धको सिरिजका लागि अनिल शाह र देव खनाल टोलीमा समेटिएका छन् ।
क्यानडाविरुद्धको ओडीआई सिरिजमा उच्च प्रदर्शन गरेपछि यसअघि घोषित टोलीमा दुई परिवर्तन गरिएको हो । देवा र अनिल टोलीमा थपिँदा रिजन ढकाल र अर्जुन साउद बाहिरिएका छन् ।
क्यानडा सिरिजमा विश्राम लिएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झा टोलीमा फर्किएका छन् । नेपालले लिग–२ अन्तर्गत पहिलो खेल बिहीबार नामिबियासँग खेल्नेछ । त्यसपछि शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।
लिग २ त्रिकोणात्मक सिरिज खेल्न नेपाली टाेली
रोहित पौडेल (कप्तान) , आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts