बुटवल मेयर कपको फाइनलमा अक्सफोर्ड र नवीन औद्योगिक मावि भिड्ने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित प्रथम विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा अक्सफोर्ड मावि र नवीन औद्योगिक मावि भिड्ने भएका छन्।

आइतबार भएको सेमीफाइनल खेलमा स्कलर्स होमलाई ३–० को गोलअन्तरले हराउँदै अक्सफोर्ड मावि फाइनल प्रवेश गरेको हो भने उजिरसिंह माविलाई २–० गोल अन्तरले हराउँदै नवीन औद्योगिक माविले फाइनलको यात्रा तय गरेको हो।

फाइनल खेल सोमबार दिउसो २ बजे बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ।

आइतबार एन्फा टेक्निकल सेन्टरको मैदानमा भएका खेलमा एभरेष्ट माविलाई १–० गोलअन्तरले हराउँदै अक्सफोर्ड सेमीफाइनल प्रवेश गरेको थियो।

ADVERTISEMENT

यस्तै जबइ खेल मैदानमा भएको खेलमा सरस्वती माविलाई १–० गोलअन्तरले हराउँदै नवीन औद्योगिक मावि सेमीफाइनल प्रवेश गरेको थियो। यसअघि उजिरसिंह माविले ज्ञानोदय माविलाई ट्राइबेकरमा ३–१ गोलअन्तरले हराउँदै अघिल्लो चरण प्रवेश गरेको थियो।

प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन्। प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी छन्।

प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८–१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिनु भयो।

उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजारका दरले पुरस्कार पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?