काठमाडौं । रियलमीले नेपाली नारीहरूको महान् चाड हरितालिका तीजको अवसर पारेर ‘मनाऊँ तीज रियलमीसँग टिकटक च्यालेन्ज’ ल्याएको छ । च्यालेन्जमा सहभागी हुन नेपालमै बसोबास गरिरहेका नेपाली नागरिकले कुनै पनि तीजको गीतमा नाचेर भिडियो खिच्नुपर्ने हुन्छ । उक्त भिडियो रियलमीमा ट्याग गरेर टिकटक च्यालेन्जमा सहभागी हुन सकिनेछ ।
प्रतियोगितामा हरितालिका तीजको राती अर्थात् असोज १ गते रातीको १२ बजेसम्म सहभागी हुन सकिनेछ । सबैभन्दा बढी लाइक प्राप्त गर्ने पाँच भिडियो विजेता घोषणा गरी आकर्षक पुरस्कारका साथै आफ्नो परिवारको एकजना सदस्यसँग रात्रीभोजको मौका पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts