एसियन कपको फाइनलमा कतार र जोर्डन भिड्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । एएफसी एसियन कप फुटबलमा इरानलाई हराउँदै आयोजक कतार फाइनलमा प्रवेश गरेको छ । गएराति दोहास्थित अल थुमामा रंगशालामा भएको खेलमा इरानलाई ३–२ गोलले हराउँदै कतार उपाधि नजिक पुगेको हो ।

खेलको चौथो मिनेटै इरानका सरदार अजमोनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको १७औँ मिनेटमा कतारका जेसिम गाबेर अब्दुलसालमले १ गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । यस्तै अक्रम अफिफले ४३औँ मिनेटमा गोल गर्दै इरानलाई २–१ गोलले अघि बढाए ।

त्यसपछि ५१औँ मिनेटमा इरानका अलिरेजा जाहानबाक्सले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर ८२औँ मिनेटमा अल्मोज अली जाइले गोल गर्दै कतारलाई जित दिलाए ।

ADVERTISEMENT

अब उपाधिका लागि कतारले जोर्डनसँग खेल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *