बर्दघाट नगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा न्यू लाईफ माविको बर्चस्व

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगर स्तरीय अन्तर विद्यालय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा शनिबार सम्पन्न भएको छ । माघ १७ गतेदेखि सञ्चालीत प्रतियोगितामा १३ स्वर्ण ,५ रजत र ३ कास्य गरी २१ पदक लिएर न्यू लाईफ माध्यामिक विद्यालय प्रथम हुन सफल भएको छ ।

त्यसैगरी ८ स्वर्ण , ४ रजत र ७ कास्य गरी १९ पदक लिएर गंगा मावि गंगावस्तीले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ भने ५ स्वर्ण , ८ रजत र ४ कास्य गरी १७ पदक लिएर दिब्य ज्योती मावि, चिसापानीले तृतीय स्थान हासिल गरेको छ ।

बर्दघाट नगरका संस्थागत र सामुदायिक गरी २४ विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा १ हजार १ सय बढी विद्यार्थीह सहभागि भएको प्रतियोगिताका मेन रेफ्रि ईन्द्र देवलाल श्रीवास्तवले बताउनु भयो ।

ADVERTISEMENT

बर्दघाट नगरपालिकाको आयोजना र न्यू लाईफ माबिको सञ्चालनमा भएको चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा छात्र र छात्राहरुको भलिबल, कबड्डी ,दौड, तेक्वान्दो,उसु, हाईजम्प, लङजम्प लगायतका खेल सञ्चालन गरिएको थियो ।

बर्दघाट नगरपालिकामा २१ वटा संस्थागत र ३७ वटा सामुदायिक विद्यालयहरु गरी ५८ वटा विद्यालय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *