काठमाडौं। दक्षिण कोरिया एसियन कपको क्वाटरफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा दक्षिण कोरियाले पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै साउदी अरेबियालाई पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १–१ गोल गरेका थिए । खेलको ४६औ मिनेटमा साउदीका अब्दुल्लाह राडिफले गोल गर्दै शुरुवाति गोल गरेका थिए भने दक्षिण कोरियाले खेलको ९०औं मिनेटमा चो गुइ संगको गोलमा कमब्याक गरेको थियो ।
त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै देशले थप गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो । अब क्वाटरफाइनलमा दक्षिण कोरियाले अस्ट्रेलियाको सामना गर्ने भएको छ । त्यसैगरी यो हारपछि साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts