काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न स्पेनको एलिकान्टे जानुहुने भएको छ ।
विश्व ओलम्पिक तेक्वान्दो महासंघको आयोजनामा हुने प्रतियोगिता फेब्रुअरी २ देखि ४ तारिखसम्म हुनेछ । उहाँले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य अञ्जन धमलाले अशोकलाई एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता