काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा ग्रानाडाविरुद्ध गेटाफेले जित निकालेको छ । गएराति भएको खेलमा ग्रानाडालाई २–० गोलले हराउँदै गेटाफे विजयी भएको हो ।
गेटाफेका मेसन ग्रीनवुड र बोर्जा मेयरलले एक–एक गोल गरे । गेटाफेका ग्रीनवुडले खेलको २१औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३६औँ मिनेटमा बोर्जाले गरेको गोलसँगै गेटाफे २–० गोलले विजयी भयो । यो जितसँगै गेटाफे २१ खेलबाट २९ अंक जोडेर १०औँ स्थानमा छ । पराजित भएको ग्रानाडाले २२ खेलबाट ११ अंक जोडेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts