काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। आज टियु मैदानमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुदैँछ भने मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र गण्डकी प्रदेशबीच खेल हुँदैछ ।
अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ६ खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी, बागमती प्रदेशले आफ्ना ८ खेलमा १० अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ८ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै, त्रिभुवन आर्मी क्लबले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर चौथो स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर पाँचौं स्थानमा झरेको छ ।त्यस्तै एपीएफ ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ७ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।
त्यसैगरी गण्डकी प्रदेशले ६ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ५ खेलमा एक जित र ३ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा