भोजपुर । भलिवल खेललाई प्रोत्साहन गर्ने उद्धेश्यकासाथ पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा संचालित प्रथम मेयरकप अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगितामा दमक नगरपालिका र षडानन्द नगरपालिका फाइनलमा प्रवेश गरेका छन् ।
शुक्रवार भएको सेमीफाइनल खेलमा भोजपुरको आमचोक गाउँपालिकालाई हराउँदै दमक नगरपालिका र भोजपुर नगरपालिकालाई पछि पार्दे षडानन्द नगरपालिका फाइनलमा प्रवेश गरेको हो । शनिवार फाइनल खेल संचालन हुने छ । गत माघ १० गतेबाट संचालन भएको अन्तरपालिका स्तरीय भलिवल प्रतियोगितामा भोजपुर नगरपालिका, दमक नगरपालिका, षडानन्द नगरपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, अरुण गाउँपालिका र साल्पासिलिछो गाउँपालिका गरी आठ वटा टिमले सहभागिता जनाएको आयोजक जिल्ला खेलकुद बिकास समिति भोजपुरका कार्यालय प्रमुख गेल्जेन शेर्पाले बताउनुभयो ।
छ लाख बढीको लागत अनुमानमा संचालन भएको प्रतियोगिताको लागि मुख्य प्रायोजक भोजपुर नगरपालिकाले पाँच लाख सहयोग गरेको छ भने अन्य रकम सहयोगबाट संकलन गरिएको छ । प्रतियोगिताको बिजेता टिमले नगद एक लाख र दोश्रोले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन भने सेमीफाइनलका दुई टिमले नगद २५–२५ हजार पाउने छन् ।
प्रतियोगिताका सहभागि टिमहरुलाई यातायात र बसोवास बापत १० हजार उपलब्ध गराईने आयोजकले संस्था जिल्ला खेलकुद बिकास समिति भोजपुरले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच