एसियन कप : बहराइन र दक्षिण कोरिया नकआउट चरणमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं – बहराइन र दक्षिण कोरिया जारी एसियन कपको नकआउट चरणमा पुगेका छन् ।

बिहीबार सम्पन्न समुह इ अन्तर्गतको खेलमा बहराइनले जोर्डनलाई १–० गोल अन्तरले पराजित गरेपछि समुहमा शिर्ष स्थानमा रहदै नकआउट चरणमा प्रवेश गरेको हो ।

त्यस्तै दक्षिण कोरिया प्रतिष्पर्धात्मक खेलमा मलेसियासँग ३-३ गोलको बराबरीमा रोकिएपनि समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ । बहराइनको ३ खेलमा ६ अंक भएको छ भने दक्षिण कोरियाको ३ खेलमा ५ अंक भएको छ ।

ADVERTISEMENT

त्यस्तै समुहमा ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा रहेको जोर्डनपनि नकआउट चरणमा पुग्ने निश्चित रहेको छ । सबै समुहका तेस्रो स्थानमा रहने देशहरु मध्ये शिर्ष चार देश नकआउट चरणमा पुग्ने छन् । सोहि अनुसार जोर्डन पनि नकआउट चरणमा पुग्ने भएको हो ।

त्यसैगरी समुह इ बाट मलेसिया भने ३ खेलमा एक अंक हासिल गर्दै चौथो भएपछि समुह चरणबाटै बाहिरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *