इलाम । इलाममा जारी प्रथम इलाम गोल्डकपको उपाधिका लागि न्युरोड टिम (एनआरटी) काठमाडौं र विर्तामोड युनाइटेड झापा भिड्ने भएका छन् ।
बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विर्तामोड फाइनल प्रवेश गरेसँगै उपाधिका लागि एनआरटीसँगको भेट पक्का गरेको हो । विर्तामोडले पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४(२ गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि टाइब्रेरमा विजेता निर्धारण गर्नुपरेको थियो । टाइब्रेकरमा झापाका एन्जल गुरुङ, दिवस उराउ, रोहन कार्की र प्रदिप बुढाथोकीले गोल गर्दा विशाल दर्जी गोल गर्न चुके । दर्जीको प्रहार प्रामिज्ये गच्छादारले बचाउ गरेका थिए ।
यता पाँथरका सुदिप श्रेष्ठ र साइमन लिम्बूले गोल गर्दा विजु भुजेल र अशोक खवासले गोल गर्न चुके ।
विर्तामोड आयोजक रेडहर्ष फुटबल क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ ।
खेलको म्यान अफ द म्याच विजेता विर्तामोडका सञ्जित राई घोषित हुँदै नगद पाच हजार प्राप्त गरे ।
रेडहर्ष फुटबल क्लब इलामको आयोजनामा सञ्चालित गोल्डकपमा एक विदेशी टिमसहित ८ वटा टिमको सहभागिता थियो । विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच