कोपा डेल रेबाट बाहिरियो बार्सिलोना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ । गएराती सम्पन्न कोपा डेल रे को क्वाटरफाइनल अन्तर्गतको खेलमा एथलेटिक क्लबसँग ४–२ गोल अन्तरले पराजित हुदै बार्सिलोना बाहिरिएको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै क्लबले २ –२ गोल गरेपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । सो समयमा एथलेटिक क्लबले २ गोल गरेपछि खेल ४–२ ले जितेको थियो ।

ADVERTISEMENT

एथलेटिक क्लबको जितमा गोर्का गुरुजेफा, ओइहान सान्चेट, इनाकी विलियम्स र निको विलियम्सले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरेका थिए ।

अहिलेसम्म एथलेटिक क्लब, मल्लोर्का र रियल सोसियडाड यस बर्षको कोपा डेल रेको सेमिफाइनलमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?