भोजपुर । भोजपुरको पूर्वी च्याङग्रे रंगशालामा संचालित प्रथम पौवादुङमा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि देउराली फुटबल क्लब, च्याङग्रेको पोल्टामा पुगेको छ । फाइनल खेलमा आम्तेक–११, भोजपुरलाई ३–२ गोलले हराउँदै देउराली बिजेता बन्न सफल भएको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा बिजेता बनेको देउराली फुटवल क्लवका लागि बिजु भुजेलबाट दुई गोल र थप एक गोल सुवास तामाङबाट भएको थियो । यता उपबिजेता बन्न सफल आम्तेकका लागि दुवै गोल निशान लिम्बुले गर्नु भएको थियो । आम्तेकलाई हराउँदै बिजेता बनेको देउराली फुटवल क्लवले उपाधि सहित नगद ३ लाख हात पारेको छ भने उपविजेता आम्तेकले २ लाख पाएको छ । देउरालीका खेलाडी बिजु भुजेल फाइनल खेलको म्यान अफ द म्याच घोषित हुनुभयो ।
अन्य विधातर्फ उत्कृष्ट खेलाडी देउरालीका बिबेक राइर्, उत्कृष्ट गोलरक्षक देउरालीकै चरी लिम्बु र उत्कृष्ट डिफेन्डर आम्तेकका रेमन उदास घोषित हुनु भएको थियो । यस्तै उत्कृष्ट मिडफिल्डर आम्तेकका रोशन भुजेल, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ताको पुरस्कार आम्तेकका निशान लिम्बुले पाउनुभयो ।
खेलकुद क्षेत्रको बिकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा गत माघ १ गतेबाट संचालन भएको प्रथम गोल्डकप फुटवल खेल प्रतियोगितामा जिल्ला भित्र र बाहिरका गरी १६ वटा टिमले सहभागिता जनाएका थिए । पौवादुङमा गाउँपालिकाको सहयोगमा गोल्डकप तथा बृहत माघी मेला मूल आयोजक समितिको आयोजनामा फुटवल तथा माघी मेला आयोजना भएको हो ।
प्रतियोगितामा शहिदभूमि गाउँपालिका धनकुटा, अरुण गाउँपालिका, षडानन्द नगरपालिका, दिप्रुङ चुईचुम्मा खोटाङ, आम्तेक ११ भोजपुर, द एट स्टार क्लव चम्पे, नेपाल प्रहरी बिराटनगर, छथर गाउँपालिका तेह्रथुम, पञ्चकन्या फुटवल क्लव च्याङग्रे, टेम्केमैयुङ गाउँपालिका, पौवादुङमा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका खोटाङ, देउराली फुटवल क्लव च्याङग्रे, तिवारीभञ्ज्याङ फुटवल क्लव, श्रीनयाँ श्रीनाथ गण भोजपुर र फेन्डस क्लव तिवारीभञ्ज्याङको सहभागिता थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts