काठमाडौं । आइसिसी यू-१९ विश्वकपमा आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा हुनेछ ।
पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको नेपालका लागि दोस्रो खेल जित्नै पर्ने दबाब छ। न्युजिल्यान्डविरुद्धको पहिलो खेलमा जितको लागि ३०३ रनको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो । पाकिस्तानलाई हराउन नेपाललाई बलिङ र ब्याटिङमा सुधारिएको प्रदर्शन गर्नैपर्ने चुनौती छ ।
समूह चरणको अन्तिम खेल नेपालले माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ । दक्षिण अफ्रिकामा सुरु भएको १५ औँ संस्करणको यू-१९ विश्वकपमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन् । १६ देशलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘डी’ मा छ । यो समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् ।
यू-१९ नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कंडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा, आकाश चन्द ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts