स्वमुल्यांकनमा जिल्लाको अन्तिम स्थानमा सुस्ता गाउँपालिका

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन(Lisa)को नतिजामा जिल्लाको अन्तिम स्थानमा परेको छ ।

सात वटा पालिका भएको नवलपरासी जिल्लामा सातौं नम्बरमा सुस्ता गाउँपालिका आएको हो । जिल्लामा पिछडिएको स्थानीय तहका रुपमा लिइने सुस्ता गाउँपालिका स्थानीय तह संस्थागत क्षमताको स्वमुल्यांकन (Lisa) को नतिजामा पनि जिल्ला भरीको स्थानीयतह भन्दा पछि परेको छ ।

सुस्ता गाउँपालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(Lisa)को १० वटा सुचक अनुसार सुस्ता गाउँपालिकालाई हेर्ने हो भने शासकीय प्रबन्धी सुचकको पुर्णाङ्कमा ७ दशमलब ५ अकंं प्राप्त गरेको छ । संगठन तथा प्रशासन सुचकको ८ पुर्णाङ्कमा ५ दशमलब ५ अकंं, बार्षिक बजेट तथा योजना व्यवस्थापन सुचकको ११ पुर्णाङ्कमा ७ दशमलब ५, बितिय तथा आर्थिक व्यवस्थापन सुचकको ११ पुणर्ाकंमा ७ दशमलब ७५ अकं प्राप्त गरेको छ ।

सेवाप्रवाह सुचकको १६पुर्णाङ्कमा ९, न्यायिक कार्यसम्पादन सुचकको ७ पुर्णाङ्कमा ५, भौतिक पुर्वधार सुचकको १३ पुर्णाङ्कमा ४ दसमलब ५ अकंं प्राप्त गरेको छ । त्यसै समाजिक समावेशीकरण सुचकको १० पुर्णाङ्कमा ४ दसमलब ७५ , वातावरण संरक्षण तथा बिपद व्यवस्थापन सुचकको ९पुणर्ाकंमा ४ अकंं र सहकार्य र समन्वय सुचकको ६ पुर्णाङ्कमा १ अकंं गरि पालिकाले १०० को पुर्णाङ्कमा ५६ दसमलब ५ अकंं मात्र प्राप्त गरेको छ ।

ADVERTISEMENT

सुस्ता गाउँपालिकाको सुचकको सुचकलाई हेर्दा कमजोर सुचकमा सहकार्य र समन्वय देखिएको छ । त्यस्तै भौतिक पुर्वधारमा पनि कमजोर देखिएको छ । यसरी स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(Lisa)को सुचकहरुमा अकंहरु कम आएमा पालिकाले संघीयबाट आउने अनुदान तथा बजेटमा केहि कटौती हुने गर्दछ र लिजाको आधारलाई नै पालिका कुन स्तरमा छ र कसरी संचालन भइरहेकोे छ भनेर मुल्यांकन गरिन्छ ।

जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ वटा स्थानीय तह रहेको छ भने ७ वटा स्थानीय तह मध्ये सुस्ता लिजाको नतिजा अनुसार ७ औं स्थानमा आएको हो ।

लिजाबाट प्राप्त भएको जिल्ला भरिको स्थानीय तहको नतिजा हेर्दा जिल्लामै पहिलो स्थानमा प्रतापपुर गाउँपालिका रहेको छ । प्रतापपुरले १०० पुर्णाङ्कमा ९० दसमलब २५ अकं प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको सुनवल नगरपालिकाले ८६ अकं, तेस्रो स्थानमा रहेको बर्दघाट नगरपालिका ७५ दसमलब ७५ अकं, चौथो स्थानमा रहेको सरावल गाउँपालिकाले ७२ अकं, पाचौं स्थानमा रहेकोे रामग्राम नगरपालिकाले ६८ अकं र छैठो स्थानमा रहेको पाल्हिनन्दन गाउँपालिकाले ५७ दसमलब ७५ अकं प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?