काठमाडौं । मधुसुदन भट्टराईको निर्देशन रहने चलचित्र ‘हामी तीन भाइ’मा अभिनेत्री लक्ष्मी बर्देवा अनुबन्धित हुनुभएको छ । चलचित्रको मुख्य अभिनेत्रीको रूपमा निर्माण युनिटले बुधबार उहाँलाई अनुबन्धित गरेको हो । चलचित्रको केही दिनअगाडि गोर्खाको मनकामना मन्दिर शुभमुर्हूत गरिएको थियो । यही साउन १० गतेबाट चलचित्रको छायांकन गरिँदै छ ।
चलचित्रमा लक्ष्मीको अलवा विनोद न्यौपाने, कुशल विष्ट, जाहान्वी बस्नेत, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा हर्के हवल्दार, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवनकुमार काफ्ले, नयनकला फुयाँल, पवन केसीलगायत कलाकारको अभिनय रहेको निर्माणपक्षले जनाएको छ । निर्देशक भट्टराईकै कथा रहेको चलचित्रमा पटकथा तथा संवाद शिवम् अधिकारीको छ ।
प्रसिद्ध सिने आर्टस्को व्यानरमा निर्माण हुने चलचित्रको कार्यकारी निर्मातामा विक्रम तामाङ हुनुहुन्छ । त्रिरत्न श्रेष्ठ निर्माता रहेको चलचित्रको सह–निर्मातामा प्रतिमा थापा पोखरेल, भक्तलाल श्रेष्ठ विशेष सहयोगीमा शम्भुकुमार केसी र मनोज श्रेष्ठ हुनुहुन्छ । चलचित्रमा शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, एसबी सापकोटाको संगीत रहने जनाइएको छ । यसअघि स्वर्गीय निर्देशक शिव रेग्मीले ‘हामी तीन भाइ’ नामबाट चलचित्र बनाउनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts