काठमाडौं । एएफसी एसियन कपमा इन्डोनेसियाले पहिलो जित निकालेको छ ।
शुक्रबार इन्डोनेसियाले भियतनामलाई १–० ले पराजित गरेको हो । इन्डोनेसियाका लागि अस्नावी बाहरले निर्णायक गोल गरे । बाहरले ४२औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । समूह ‘डी’ मा इन्डोनेसिया २ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ।
पहिलो खेलमा इन्डोनेसिया इराकसँग २–० ले पराजि त भएको थियो । इराकको २ खेलमा ६ अंकसाथ शीर्ष स्थानमा रहँदा जापान ३ अंकसहित दोस्रो स्थानमा छ । भियतनामले भने दुई खेल नै गुमाएको छ ।
समूह चरणको अन्तिम खेलमा जापान र इन्डोनेसिया तथा भियतनाम र इराकबीच प्रतिस्पर्धा हुनेछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts