काठमाडौं । महालक्ष्मी नगरपालिकाका प्रवीण राना मगर र ललितपुर महानगरपालिकाकी सुरुचि मोक्तानले चौधौँ ललितपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा स्वर्ण जित्नुभएको छ । प्रवीण छात्र तथा सुरुचि छात्रामा पहिलो हुनुभएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चार सय मिटर दौडको छात्रमा गोदावरी नगरपालिकाका सौरभ ढकाल र छात्रामा ललितपुरकी कल्पना निरौला, एक हजार पाँच सय मिटर दौडको छात्रमा ललितपुरका निराजन जैशी र छात्रामा ललितपुरकी सहारा वाइबा तथा ज्याम्बलिङ थ्रोको छात्रमा ललितपुरका समिर तामाङ र छात्रामा गोदावरीकी छिरिङ मेतोक्स गुरुङले पहिलो स्थान हात पार्नुभयो ।
ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको त्रिपलजम्पतर्फ छात्रमा ललितपुरका सुवास कुमाल र छात्रामा ललितपुरकी मानवी ज्ञवालीले स्वर्ण जित्नुभयो । चार गुणा एक सय मिटर रिलेको छात्रमा गोदावरी तथा छात्रामा ललितपुर पहिलो बन्यो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता