काठमाडौं – आईसीसी यू–१९ विश्वकप अघि नेपाल र वेस्ट इन्डिजको अभ्यास खेल वर्षाका कारण रद्द भएको छ ।
दक्षिण अफ्रिकाको जोहानेसवर्गमा मंगलबार नेपालले टस जितेर बलिङ रोजेपछि वेस्ट इन्डिजले पहिले ब्याटिङ गरेको थियो । वेस्टइन्डिजले ८ ओभर ३ बलमा १ विकेट गुमाउँदै ३३ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।
यसअघि गएको शनिबार भएको औपचारिक अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो ।
जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । शीर्ष तीनमा पर्न सके नेपाल सुपर सिक्समा पुग्नेछ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts