काठमाडौं । स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । गएराति सम्पन्न फाइनलमा बार्सिलोनालाई ४–१ गोलअन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।
रियलका लागि भिनिसियस जुनियरले ह्याट्रिक गरेका थिए भने एक गोल रोड्रिगोले थपेका थिए ।बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काएका थिए ।
खेलको सातौँ मिनेटमा भिनिसियसले रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, उनले नै १० मिनेटमा अर्को गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । त्यसपछि ३३औँ मिनेटमा बार्सिलोनाका लागि लेवान्डोस्कीले एक गोल फर्काउँदै खेललाई २–१ को अवस्थामा ल्याए ।
तर यसको ६ मिनेट नबित्दै ३९औँ मिनेटमा भिनिसियसले पेनाल्टीमार्फत ह्याट्रियक पूरा गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए । यसैगरी, खेलको ६४औँ मिनेटमा रोड्रिगोले एक गोल थप्दै रियल मड्रिडको जितलाई झनै सहज बनाए ।
स्पेनिस सुपर कपमा रियलको यो १३औँ जित हो । बार्सिलोनाले सर्वाधिक १४ पटक जितेको छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता