एसियन कपमा कतारको विजयी सुरुवात

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । एएफसी एसियन कपमा आयोजक कतारले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार घरेलु टोली कतारले लेबनानलाई ३–० गोलले हरायो । कतार साविक विजेता टोली हो ।

विश्वकप फाइनल भएको लुसेल रंगशालामा भएको खेलमा घरेलु टोलीले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । उसका लागि अक्रम अफिफले २ र अर्को गोल अल्मोएज अलिले गरे ।

ADVERTISEMENT

खेलको ४५औं मिनेटमा अलिको पासमा अफिफले बक्सको भित्रबाट गोल गरेका थिए ।अलिले ५६औं मिनेटमा अग्रता दोब्बर बनाए । गइन्ज्युरी समयको छैठौं मिनेटमा अफिफले अर्को गोल गरे।

एसियन कपमा शनिबार तीन खेल हुनेछन् । दिनको पहिलो खेलमा साँझ ५ः१५ बजे समूह ‘बि’ मा अष्ट्रेलिया र भारतबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *