काठमाडौं । बार्सिलोना स्पेनी सुपरकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा ओसासुनालाई २–० ले पराजित गर्दै बार्सिलोना फाइनलमा प्रवेश गरेको हो ।
बार्सिलोनाको जितमा रोबर्ट लेवनडोस्की र लामिन यामलले गोल गरे । लेवनडोस्कीले ५९ औं मिनेटमा पहिलो गोल गरेका थिए । भने यामलले इन्जुरी समयमा अर्को गोल थपे ।
फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडको सामना गर्नेछ । रियलले एटलेटिको म्याड्रिडलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । पछिल्लो सिजनको फाइनलमा पनि यी दुई टोलीले प्रतिस्पर्धा गरेका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts