नामिबियाविरुद्ध नेपाल विजयी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आइसिसी यु–१९ विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा नेपालले नामिबियाविरुद्ध ६ रनको रोमाञ्चक जित हात पारेको छ ।

बर्षाको कारण ३० ओभरमा छोट्टाइएको खेलमा जितको लागि १ सय ४२ रनको लक्ष्यसहित मैदान उत्रिएको नामिबिया २९।५ ओभरमा ३५ रन बनाउँदा अल आउट भयो । उसका लागि कप्तान बसिंग वोल्स्चेंकले ४९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

नेपालका गुलशन झाले र आकाश चन्दले ३/३ विकेट लिए । भनेदुर्गेश गुप्ताले ६ ओभरमा २२ रन खर्चेर २ विकेट हात पारे ।

ADVERTISEMENT

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४१ रन बनाएको थियो । नेपालका लागि दिपक डुम्रेले ३२ रन, आकाश त्रिपाठीले २१, विपिन रावलले २० उत्तम थापा मगर १२, विशाल बिक्रमले केसि १४ र दिपक बोहराले १५ बनाए ।

नामिबियाका जे करिआटा, जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान २/२ विकेट लिए । नेपालले पहिलो अभ्यास खेलमा स्कटल्याण्डलाई १ सय ३५ रनले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *