लिभरपुलको पुनरागमन जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । काराबाओ कप सेमिफाइनलको पहिलो लेगमा फुलहमविरुद्ध लिभरपुलले पुनरागमन जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा लिभरपुलले फुलहमलाई २–१ ले पराजित गरेको हो ।

लिभरपुलले दुई गोल नै दोस्रो हाफमा गरेको हो । उसका लागि कर्टिस जोन्सले ६८ औं मिनेटमा र ७१ औं मिनेटमा कोडी गाक्पोले गोल गरेका हुन् ।

यसअघि फुलहमले विलियनको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा सम्हालिन नसक्दा फुलहम पराजित भयो ।

ADVERTISEMENT

जितसँगै लिभरपुल लिगकप सेमिफाइनल पहिलो लेगमा एक गोलले अगाडि रहन सफल रह्यो ।एनफिल्डमा यस सिजन लिभरपुल १६ खेलमा अपराजित रहेको छ र त्यसमध्ये १४ मा विजयी रहेको छ ।

अब सेमिफाइनल दोस्रो लेग जनवरी २४ मा फुलहमको घरेलु मैदानमा खेल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *