मिडल्सब्रगसँग चेल्सी पराजित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले इएफएल कपको सेमिफाइनलमा पहिलो हार बेहोरेको छ । चेल्सी च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० ले पराजित भएको हो ।

खेलको पहिलो हाफमा मिडल्सब्रगका हेडेन ह्याक्नीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । उनले ३७औं मिनेटमा आइसेह जोन्सको पासमा गोल गरेका थिए ।

ADVERTISEMENT

एक गोलले पछि परेको चेल्सीले ७२ प्रतिशत बल पोसेसन राखेपनि मिडल्सब्रगको बलियो रक्षापङ्ति तोड्न नसक्दा पहिलो लेगमा स्तब्ध बन्न पुग्यो । अब दोस्रो लेगको खेल २४ जनवरीमा हुनेछ । यस खेलमा स्पष्ट २–० को जित निकाल्न सके चेल्सी फाइनलमा पुग्नेछ ।

बराबरी र हारको नतिजाले चेल्सी सेमिफाइनलबाटै बाहिरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *