काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।
मंगलबार बिहान सम्पन्न खेलमा विगन एथलेटिकलाई २–० गोलले हराउँदै म्यानचेस्टर अर्को चरणमा प्रवेश गरेको हो । म्यानचेस्टरका लागि डियोगो डालोट र ब्रुनो फर्नान्डिसले एक–एक गोल गरेका थिए ।
डालोटले खेलको २२औँ मिनेटमा म्यानचेस्टरका लागि सुरुवाती गोल गरेका थिए । दोस्रो हाफमा घरेलु टोली विगन ले बराबरीको राम्रो मौका चुकाएको थियो। मार्सल गोडोले सिक्स यार्डबाट गोल गर्न सकेनन् ।
यस्तै खेलको ७४औँ मिनेटमा फर्नान्डिसले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई २–० गोलको जित दिलाए ।फर्नान्डेजलाई लिआम साले खराब ट्याकल गरेपछि युनाइटेडले पेनाल्टीको पाएको थियो।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता