काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपको राउण्ड ३२ मा पुगेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले रेभेललाई ९–० गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । त्यस्तै राण्डल कोलो मुआनीले २ गोल गरे । मार्को असेन्सियो, गोन्कालो रामोस र चेर एनडोउरले एक एक गोल गरेका थिए ।
यस खेलमा रेभेलका म्याक्सेन्सले एक आत्मघाती गोल गरेका थिए ।






