काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ स्थित राजाडिल सडक खण्ड मर्मत कार्यमा बालुवा डिपो सञ्चालक सुशान्त कुइँकेलसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कुइँकेलसहित सो सडक मर्मत तथा निर्माण उपभोक्ता समितिका पदाधिकारीहरू अध्यक्ष लक्ष्मण अधिकारी, सचिव प्रेमप्रसाद भण्डारी र सदस्य मोहनप्रसाद कुइँकेलले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
गोकर्णेश्वर नगरपालिकासँग गरिएको सम्झौता विपरित सो सडक निर्माण ठेक्का सम्पन्न गरी नगरपालिकाबाट रकम भुक्तानी लिइसकेपछि सेवाग्राहीले गरेको कामको भुक्तानी गर्ने सर्तमा उनीहरूले सो रकम लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम एक लाख रुपैयाँ कायम गरी कैद र जरिवानाको मागदाबी लिई विशेष अदालत काठमाडौंमा बिहीबार आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
‘उपभोक्ता समितिका पदाधिकारीहरूसँग मिलेमतो गरी घुस-रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिम कसुर गरेकोले निजलाई बिगो एक लाख रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन मागदाबी लिई बिहीवार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारमा प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच