काठमाडौं । ठुङ्रम इन्टरनेसनल एकेडेमी (टिआइए) को आयोजनामा १५औँ टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आज (आइतबार)देखि हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइजमा १४ तथा सिनियर गल्र्समा १२ गरी २६ टिमको सहभागिता रहने टिआइएका प्रधानाध्यापक उत्तमराज थापाले जानकारी गराउनुभयो । दुवै विधामा सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।
चार वर्षपछि प्रतियोगिता हुन लागेको हो । चार वर्षको अवधिमा कोभिड र विद्यालय हाताको पूर्वाधार स्तरोन्नति गर्नु परेकाले प्रतियोगिता हुन नसकेको प्रधानाध्यापक थापाले बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरू हात्तीगौंडास्थित आयोजककै कोर्टमा हुनेछन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता