गुल्मी । रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको नियमित बैठक एवम् सभा सम्पन्न भएको छ। रोटरीको नियमानुसार बैठक एवम् सभा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठले घण्टी बजाएसंगै १५ औं बैठक एवम् सभा सुरु भएको हो ।
राष्ट्रिय गानसंगै विश्व शान्तिका लागि १५ सेकेन्ड मौन धारण गरिएको हो । त्यस अवसरमा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको स्थापनादेखि हालसम्मका गतिविधिको बारेमा क्लबका सचिव भागिरथ भण्डारीले जानकारी गराउनुभयो । आगामी दिनमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने लगायतका क्लबको योजना रहेको उहाँले बताउनुभयो ।
बैठकका प्रमुख अतिथि रोटरीयन सुरज क्षेत्रीले रोटरी क्लबका विविध विषयमा जानकारी गराउनुभयो । मानव सेवामा कल्याणकारी काम गरि समाजलाई मानव मूल्य मान्यता र हेप्पिनेशबाट विश्व समुदायसँग जोडिने गरि रोटरी क्लबको स्थापना भएको उहाँले बताउनुभयो ।
रोटरी क्लब अफ रेसुङ्गा गुल्मीका रोटरीयन डोरविक्रम श्रीस लगायतले पनि रोटरीका विषयमा जानकारी गराउनुभयो । संस्थाका उपाध्यक्ष गुणानिधि शर्माको स्वागत मन्तव्यसँगै बैठकमा प्रमुख अतिथि रोटरीयन सुरज क्षेत्री र बिशेष अतिथि खड्ग बहादुर जिरेललाई रोटरी क्लब अफ रेसुङ्गा गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठले खादा र टिकाद्वारा स्वागत गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts