रियल ला लिगाको शीर्ष स्थानमा उक्लियो  

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मड्रिड । रियल मड्रिडले भिल्लारियाललाई हराएर स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल ४–१ गोलले विजयी भएको हो ।

खेलको २५ औँ मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्दै बेलिङह्यामले रियललाई अग्रता दिलाए । ३७ औँ मिनेटमा रोड्रिगोले भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले टोलीको अग्रता दोब्बर बनाए ।

ADVERTISEMENT

दोस्रो हाफको सुरुवातमा होसे लुइस मोरालेसले भिल्लारियालका लागि गोल फर्काए । ब्राहिम डियाज र मोड्रिचले ४ मिनेटमा अन्तरमा दुई गोल थप्दै टोलीलाई शानदार जीत दिलाए ।

१७ खेलपछि रियलको ४२ अङ्क रहेको छ । एक खेल कम खेलेको जिरोनाको ४१ अङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *