काठमाडौं । मनिष रञ्जन बरालको स्वरमा रहेको भजन ‘कहाँ होला वैकुण्ठ भन्ने ठाउँ’ सार्वजनिक भएको छ । भजनका शब्दहरू संकलन गरिएका हुन् । भजनमा प्रकाश अधिकारीले ढोलक बजाउनुभएको छ भने अक्टो प्याड याम पुनमगरले चलाउनु भएको छ ।
त्यस्तै हार्मोनियममा सुरज भट्टराई र साउण्डमा सञ्जन पौडेल रहनुभएको छ । भिडियोको पोष्ट प्रोडक्सन दीप टेलिभिजनले गरेको हो । भजनको भिडियोमा गायक मनिषले भजन गाइरहेको देखाइएको छ भने वाद्यवादन टिमलाई पनि देखाइएको छ ।






