काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा कर्मचारी ११ विजयी भएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गतको जनप्रतिनिधि ११ विरुद्धको मैत्रीपूर्ण खेलमा कर्मचारी टिम पाँच-तीन गोलअन्तरले विजयी भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले राष्ट्रिय रेफ्री तथा राखेपका नायब वरिष्ठ अधिकृत ओमनाथ न्यौपानेलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोललगायतको उपस्थिति रहेको थियो । महानगर दिवसका उपलक्ष्यमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता