भोजपुर । भोजपुरको दक्षिणमा रहेको आमचोक गाउँपालिकाको केन्द्र बालंखामा आगामी मंसिर २७ गतेबाट छौंखा साकेन्वा प्रदेश स्तरीय अन्तर पालिका पुरुष तथा महिला भलिवल पाँचौ रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिने भएको छ ।
खेलकुद बिकास समिति आमचोकको आयोजनामा ऐतिहासिक छौंखा साकेन्वा प्रदेश स्तरीय अन्तर पालिका पुरुष तथा महिला भलिवल प्रतियोगिता हुन लागेको संयोजक बिनोद किराँतले बताउनुभयो । छौंखा साकेन्वाको नाममा बािर्षकरुपमा संचालन हुदै आएको प्रतियोगिता मंसिर २७ गतेबाट ३० गतेसम्म बालंखा खेल मैदानमा संचालन हुने छ ।
प्रतियोगिता अन्तर्गत पुरुष तर्फको बिजेता पालिकाले नगद दुई लाख सहित एक सय एक तोलाको चाँदीको शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन । भने उपबिजेताले नगद डेढ लाख, शिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । सेमिफाइनमा पुग्ने टिमले सान्त्वना पुरस्कार बापत नगद प्रति टिम ३०÷३० हजार पाउने आयोजकले जानकारी दिएको छ ।
यस्तै महिला तर्फको भलिवल प्रतियोगिता बिजेताले नगद दुई लाख सहित ८१ तोला चाँदीको शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन भने उपबिजेताले डेढ लाख, शिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजक संयोजक किराँतले जानकारी दिनुभयो । सेमिफाइनलमा पुगेर सान्तवना भएका टिमले प्रति टिम ३०÷३० हजार पाउने छन ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts