
काठमाडौं । नेपाल सुपर लिगमा अपराजित टोली धनगढीले ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेको छ । दुवै टोलीले खेलमा मौकाको सदुपयोग गर्न सकेनन् । खेलको तेस्रो मिनेटमा धनगढीका कमल श्रेष्ठको फ्रिकिक ललितपुर गोलरक्षक जेफ्री बाल्टुसले पन्च गर्दै जोगाउनुभयो । नवौं मिनेटमा धनगढीकै मनोज राईको लामो थ्रो-इनमा ओलावाले अफिजले राम्रो मौका पाउनुभएको थियो । तर, उहाँको प्रहार ब्लक भयो ।
१२औं मिनेटमा ललितपुरका ओमोलाजा करिमको फ्रिकिक धनगढी गोलरक्षक मोहम्मद ताहाले पन्च गर्दै बचाउनुभयो । ३४औं मिनेटमा ललितपुरका अनन्त तामाङको लामो पासमा निखिल कदमको हेडर क्रसबारमा लागेर फर्कियो ।
दोस्रो हाफको सुरुवातमै धनगढीले दुई अवसर गुमायो । दोस्रो हाफमा मैदान छिरेका रोहन कार्कीको क्रसमा अहमद हिजाजीको हेडर गोलरक्षक बाल्टुसले जोगाउनुभयो । ५९औं मिनेटमा रन्दिप पौडेलको क्रसमा हिजाजीको अर्को प्रहारमा पनि बाल्टुस बाधक बन्नुभयो ।
८५औं मिनेटमा बाल्टुसले फलु डियाग्नेको बक्स बाहिरको प्रहारमा बाल्टुस पुनः बाधक बनेपछि खेल बराबरीमा रोकिएको हो । धनगढीको तीन खेलमा सात अंक रहँदा ललितपुरको समान तीन खेलमा पाँच अंक रहेको छ ।
त्यसअघि दिउँसो भएको खेलमा झापा एफसी र पोखरा थन्सर्डले १-१ को बराबरी खेले । बराबरीको नतिजासँगै झापाले प्रतियोगितामा एक अंक जोडेको छ भने पोखरा शीर्ष स्थानमा उक्लिनबाट रोकिएको छ ।
झापाका लागि खेलको अन्तिम मिनेटमा समन्दर ओचिलोवले बराबरी गोल गर्नुभयो । खेलमा अग्रता पोखराले १९ औं मिनेटमा मोसिस टवामको गोलमा लिएको थियो । जोए आइडोको निकालेको क्रममा मोसिसले उत्कृष्ट हेड प्रहार गर्दै गोल गर्नुभएको थियो ।
पोखराले तीन खलबाट पाँच अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तालिकाको पुछारदेखि तेस्रोमा रहेको झापाले दुई खेलबाट एक अंक जोडेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच