तम्घासमा चौथो फोर्टिन स्टार कप हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मीमा चौथो फोर्टिन स्टार कप सञ्चालन हुने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेलमैदानमा फोर्टिन स्टार युवा क्लबको आयोजनामा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) छात्र फुटबल प्रतियोगिता हुने भएको हो ।

क्लबको १३ औं वार्षिकोत्सवको अवसरमा फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको महासचिव नारायण आचार्यले जानकारी दिनुभयो । महासचिव आचार्यका अनुसार प्रतियोगिता पुस ७ गतेदेखि १० गतेसम्म हुने भएको छ ।

ADVERTISEMENT

चार दिनसम्म सञ्चालन हुने चौथो फोर्टिन स्टार कप–२०८० को विजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खेल नकआउट प्रणालीमा हुनेछ । क्लबले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यमा अग्रसरता देखाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *