
काठमाडौं । नेपाल कराँते महासंघको आयोजनामा एसियाली कराँते महासंघ (एकेएफ) रेफ्री तथा कोच सेमिनार बुधबारदेखि सुरु भएको छ । सेमिनारमा नेपाल, बंगलादेश, पाकिस्तान, भारत र श्रीलंका गरी पाँच राष्ट्रको सहभागिता रहेको मिडिया संयोजक एवं आठौँ दक्षिण एसियाली खेलकुदअन्तर्गत कराँतेका स्वर्ण विजेता रवि महर्जनले जनाउनुभएको छ ।
सेमिनारमा नेपालबाट ८०, बंगलादेशबाट २६, पाकिस्तानबाट एक, भारतबाट ४० र श्रीलंकाबाट ११ जना सहभागी छन् । सेमिनार एकेएफअन्तर्गत रेफ्री कमिसनका अध्यक्ष मन्सुर अल सुल्तान, सचिव माइकल हुवाङ तथा सदस्य अस्कर र जाबर तथा नेपाल कराँते महासंघअन्तर्गत रेफ्री कमिसनका संयोजक प्रकाशमोहन धौभडेलले सञ्चालन गरिरहेका छन् ।
नेपाल कराँते महासंघले आयोजना गर्ने सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपको पूर्वसन्ध्यामा सेमिनार आयोजना गरिएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारदेखि सुरु हुँदैछ । गोदावरीको भ्यु भृकुटीमा भइरहेको सेमिनार बिहीबार सम्पन्न हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच