काठमाडौं । नेपालमा सञ्चालित दुरसञ्चार सेवा प्रदायक एनसेलबाट आजियाटा समुह बाहिरिने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिले निर्णय गर्दै एनसेलबाट बाहिरिने निर्णय गरेको हो ।
समुहले नेपालमा व्यापारिक समस्या र चुनौती बढ्दै गएको भन्दै बाहिरिने निर्णय गरेको हो । एनसेलबाट बाहिरिने घोषणासँगै कम्पनी बिक्रीमा राख्नेसमेत निर्णय भएको प्रतिक्रिया दिएका छन्।
एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।
यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो। त्यसबेला आजियाटाले सेयर किनेको थियो। सेयर किनेको ७ वर्षपछि कम्पनी पनि बाहिरिने निष्कर्षमा पुगेको हो।







This is breaking news.
Video News Post
Breaking News with Advertisements