काठमाडौं । एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्ने भएका छन् । सापटी सुविधा थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकलाई अब ब्यालेन्स नभएका बेलामा एक दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको हो ।
सापटी सेवाअन्तर्गत मेन ब्यालेन्स पाँच रुपैयाँभन्दा कम भएका प्रिपेड ग्राहकले एक दिन अर्थात् २४ घण्टाको अनलिमिटेड डेटा सापटी लिन सक्ने कम्पनीले जनाएको छ । समयसीमा एक दिनको अनलिमिटेड डेटा शुल्क करसहित ५० रुपैयाँ रहेको छ ।
ग्राहकले डेटा सापटी लिएपछि २४ घण्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको भरपुर फाइदा लिन सक्ने बताइएको छ । ८९९८८८४३ डायल गरी यस्तो सेवा लिन सकिने पनि कम्पनीले जनाएको छ ।
सिम लिएर सेवा लिन थालेको कम्तीमा ३० दिन भएका ग्राहकले यस्तो डेटा सापटी लिन सक्ने बताइएको छ । कम्पनीले अनलिमिटेड डेटाबाहेक ४० रुपैयाँ ब्यालेन्स सापटी, तीनदिने एक जिबी डेटा सापटी, तीनदिने ९० मिनेट अल नेपाल टकटाइम सापटी सुविधामार्फत् प्रदान गर्दै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता