काठमाडौं । बंगलादेशको ढाकामा यसै साता सुरु हुने महिला कबड्डी लिगमा चार नेपाली खेलाडीले खेल्नुहुने भएको छ । चारजनाले नै मेघना कबड्डी क्लबबाट खेल्ने अवसर प्राप्त गर्नुभएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार बंगलादेश कबड्डी संघको आयोजनामा मंसिर १४ देखि २२ गतेसम्म हुने लिगमा अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती बडू र सिर्जनाकुमारी थारुले मेघनाबाट खेल्नुहुनेछ ।
उहाँहरू चारजना नै गत असोजमा चीनको हाङझावमा सम्पन्न १९ औँ एसियाली खेलकुद (साग) मा नेपालले कांस्य पदक जित्दा टोलीका सदस्य हुनुहुन्थ्यो ।
बंगलादेशलाई हराएर नेपालले एसियाडमा कांस्य पदक पक्का गरेको थियो । टोलीको अफिसियलमा भगवती अधिकारी हुनुहुन्छ । टोली मंगलबार बंगलादेश प्रस्थान गरेको छ । बंगलादेश लिगमा खेल्नु आफूहरूका लागि ठूलो अवसर भएको अनुजाले बताउनुभयो । उहाँले लिगमार्फत् थप व्यावसायिक हुन सहयोग पुग्ने बताउनुभयो । आफूहरूले सिकेको खेल अन्य खेलाडीहरूलाई पनि नेपालमा आई सिकाउने प्रतिबद्धता उहाँले जनाउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता