काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले राष्ट्रिय टोलीबाट खेलिसकेका प्रदीप ऐरीको कप्तानीमा केपी ओली कप ट्वान्टी २० प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ ।
राष्ट्रिय टोलीका सदस्य आसिफ शेख, सन्दीप जोरा, अविनाश बोहरा र श्याम ढकाल पनि टोलीमा छन् । मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा हुने प्रतियोगिता मंसिर ८ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुनेछ ।
समूह ‘ए’ मा बागमती, कर्णाली प्रदेश मदन भण्डारी स्पोर्ट्स एकेडेमी रेड तथा समूह ‘बी’ मा एपिएफ, गण्डकी र लुम्बिनी प्रदेश छन् । यसैगरी समूह ‘सी’ मा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश प्रदेश तथा समूह ‘डी’ मा आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोटर््स एकेडेमी ब्लु छन् । हरेक समूहको शीर्ष टोलीले सेमिफाइनल खेल्नेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोकृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटर र बलरले २० हजार तथा ‘म्यान अफ द म्याच’ले पाँच हजार रुपैयाँ पाउनेछन् ।
एपिएफको टोलीमा प्रदीप ऐरी (कप्तान), सन्दीप जोरा, लोकेश बम, सुमित महर्जन, आसिफ शेख (उपकप्तान/विकेटकिपर), आयुष्मान बम, यज्ञमान कुमाल, इर्सद अहमद, भुवन कार्की, अमरसिंह रौतेला, अविनाश बोहोरा, श्याम ढकाल, पुरन विक, अरुण ऐरी रहनुभएको छ ।
यस्तै गण्डकी प्रदेशले विपिन खत्रीको कप्तानीमा टोली घोषणा गरेको छ । यसपटक यू-१९ राष्ट्रिय टोलीमा रहेका सुवास भण्डारी र अर्जुन कुमाल अटाउनुभएन ।
गण्डकीको टोलीमा विपिन खत्री (कप्तान), रोबिन तिमल्सिना, गौरव विक, किरण पौडेल, मुस्कान थापा, समिर कँडेल (विकेटकिपर), करण पंगेनी, अभिषेक थापा, सन्दीप क्षेत्री खत्री, अमृत गुरुङ, दिनेश बुढा मगर, कमल परियार, सुदिप अर्याल, चन्द्रकान्त पौडेल हुनुहुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts