‘इलाम गोल्डकप’ हुँदै

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 1 min

इलाम । इलाममा ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। आउँदो माघ ६ देखि  १३ सम्म सदरमुकामको ठुलो टुँडिखेलमा रेडहर्स फुटबल क्लबले गोल्डकपको आयोजना गर्ने भएको हो ।

इलाम गोल्डकपमा नेपाल र देशबाहिरका गरी आठ टिम सहभागी हुने आयोजकले सोमबार सदरमुकाममा पत्रकार सम्मेलन जानकारी दिएको छ।

ADVERTISEMENT

प्रतियोगितामा आयोजकसहित चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरी, बाग्मती सहितको टिम सहभागी हुने आयोजक संस्थाका सचिव प्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा सहभागी हुने केही टिमको टुंगो लाग्न बाँकी नै रहेको समेत बताउनुभयो ।

गोल्डकपको विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?