विश्वकप सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौँ। जारी क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच खेल हुदै छ । कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार २ः १५ बजेदेखि शुरु हुने छ ।

यस विश्वकपको लिग चरणमा दक्षिण अफ्रीका समुह चरणमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले ९ खेलमा ७ जित र २ हारसहित १४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको थियो । त्यस्तै अस्ट्रेलियाले पनि ९ खेल मध्ये ७ खेल जितेर १४ अंक हासिल गर्दै रनरेटको आधारमा तेस्रो हुदै सेमिफाइनलमा पुगेको हो ।

पछिल्लो पटक २०१५ मा विश्वकप जितेको अस्ट्रेलियाले २०१९ को विश्वकपमा सेमिफाइनलमा हार बेहोरेको थियो । त्यस्तै दक्षिण अफ्रिका २०१५ को विश्वकपपछि फेरी सेमिफाइनल खेल्दै छ । अस्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा गरि सबैभन्दा बढी पाँच पटक विश्वकप जितेको थियो ।

ADVERTISEMENT

अहिलेसम्म विश्वकपको फाइनलमा पुग्न नसकेको दक्षिण अफ्रिका योसहित पाँच पटक विश्वकपको सेमिफाइनल खेल्न लागेको छ । दक्षिण अफ्रिका यसअघि १९९२, १९९९, २००७ र २०१५ मा सेमिफाइनलमा पराजित भएको थियो ।

एकदिवसीय खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अहिलेसम्म १०९ खेल भएका छन् । जसमा अस्ट्रेलिया ५० पटक विजयी भएको छ भने दक्षिण अफ्रिका ५५ पटक विजयी भएको छ । त्यसैगरी एक खेलको नतिजा आएको थिएन भने ३ खेल बराबरीमा सकिएको थियो ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *