नेदरल्याण्डसमाथि भारत १६० रनले विजयी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौँ। भारतले नेदरल्याण्डसमाथि फराकिलो जित हासिल गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्डसलाई १६० रन अन्तरले पराजित गरेको हो ।

भारतले दिएको ४११ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४७।५ ओभरमा अल आउट हुदै २५० रन बनाएपछि खेल १६० रनले हरेको हो । यसअघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ४ विकेट गुमाएर ४१० रन बनाएको थियो ।

ADVERTISEMENT

योसँगै भारत लिग चरणमा अपराजित हुदै सेमिफाइनल खेल्ने भएको छ । भारतको ९ खेलमा १८ अंक भएको छ । त्यस्तै नेदरल्याण्डस भने ९ खेलमा २ जित र ७ हारसहित ४ अंक हासिल गर्दै अंकतालिकामा पुछारमा रहदै विश्वकप समाप्त गरेको छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *